कैलाली कञ्चनपुरबाट अवैध कुखुरा, माछा बरामद

अत्तरिया – कैलाली र कञ्चनपुरको सीमा नाकाबाट अवैध कुखुरा, माछा सहितका सामान बरामद गरिएको छ । प्रहरीले जिल्लाका छुट्टाछुटै स्थानबाट शनिबार अवैध भन्सार छलिका सामान बरामद गरेको हो ।

maya metro hospital

धनगढी उपमहानगरपालिका – १० चकमेलीघाट, धनगढी उपमहानगरपालिका – १५ कनरी र टीकापुर नगरपालिका – १ नयाँबस्ती स्थित भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३४ हजार ५४० मुल्य बराबरका बोईलर कुखुरा, माछा, प्राउन, पेय पदार्थ लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै शनिबार नै कञ्चनपुरको पुनर्वास नगरपालिका ४ ‘घ’ गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २४ हजार ६ सय मुख्य बराबरका पेय पदार्थ, बोईलर कुखुरा, माछा लगायतका सामानहरु बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.