
काठमाडौँ- झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षकी एनिका अधिकारी आक्रमणमा परेर सामान्य घाइते भएकी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए ।

उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरीले अधिकारीको पेटमा गोलीको छर्रा जस्तो वस्तु लागेको तर यकिन भने नभएको बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले बताएका छन् ।
