कञ्चनपुरको एक गाईगोठमा आगलागी

अत्तरिया- कञ्चनपुरको एक गाईगोठमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका-२ का करन कार्कीको गाईगोठमा आगलागी भएको हो ।

maya metro hospital

आगलागीबाट एउटा गाई र बाच्छो मरेका र गोठभित्र राखिएको गहुँ, काठ जलेको प्रहरीले बताएको छ । आगलागीबाट अन्दाजी २ लाखको क्षति भएको बताइएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.