अत्तरियामा ज्योतिष प्रशिक्षण कार्यक्रम आयोजना

अत्तरिया – कैलालीको अत्तरियामा ज्योतिष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । प्रतिभा पुस्तकालयको प्रायोजनमा नेपाल ज्योतिष परिषद् कैलालीले कार्यक्रमको आयोजना गरेको हो ।

maya metro hospital

७ दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममार्फत कैलालीमा ज्योतिषको संख्या बढाउने लक्ष्य राखिएको परिषद्का अध्यक्ष खगेन्द्र राज अवस्थीले जानकारी दिए । उनले ज्योतिष शास्त्र सिकेर सबै मान्छे संस्कारीत बनुन, सबै मानिसले कर्मकाण्ड सिकनु, सबै मानिसले ब्रम्ह विद्या सिकनु भन्ने आफुहरुको उद्देश्य रहेको बताए ।

ज्योतिष शास्त्रले मानिसको जन्म देखी मृत्यु सम्मको भविष्य निर्धारण गर्ने काम ज्योतिष शास्त्रले गर्ने गरेको उनले बताए । ‘सबै मानिसहरुले ब्राह्मणलाई दिन के हो, तिथि के हो, बार के हो, लगन के हो लगायतका कुराहरु सोध्ने गर्नुहुन्छ’ उनले भने ‘यस्ता मानिसको जन्म देखी मृत्यु सम्मका सम्पुर्ण कर्महरुका लागि मानिसले ज्योतिष खोज्नुहुन्छ, त्यसैले हामीले त्यस्ता ज्योतिषहरु बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौ ।’

attariya hospital

उनले कार्यक्रममा जस्तो सुकै र जुन सुकै व्यक्तिहरुले पनि सहभागिता जनाउन सक्ने बताए । ‘हामीले यसमा कुनै क्षेत्र निर्धारण गरेका छैनौ’ उनले भने ‘जतिसुकै मानिसहरुको उपस्थिति भएपनि हामीले ज्योतिष शास्त्र सिकाउने लक्ष्य अनुसार काम गरिरहेका छौ ।’ उनले तालिममा सहभागिहरुलाई सहभागिताको प्रमाणपत्र दिनुका साथै सिप सिकेकाहरुलाई कामको प्रमाणपत्र दिईने पनि बताए ।

शुक्रबार देखी सुरु भएको कार्यक्रममा पहिलो दिन करिब ३० जनाको सहभागिता रहेको थियो । अध्यक्ष अवस्थीका अनुसार ७ दिनसम्म चल्ने कार्यक्रममा प्रत्येक दिन ज्योतिष शास्त्र सम्बन्धीका फरक फरक विषयवस्तुहरु सहभागीहरुलाई सिकाईनेछन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.