कैलालीमा बोक्सी आरोप मुद्दाका सहित ४ फरार प्रतिवादी पक्राउ

अत्तरिया- कैलालीमा बोक्सी आरोप मुद्दाका सहित ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । बोक्सी आरोप मुद्दामा ११ महिना १० दिन कैद सजाय र १० हजार रुपैयाँ जरिबाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ बस्ने ५२ वर्षका देवबहादुर लुहार पक्राउ परेका हुन् ।

Karma Consultancy
belauri nagarpalika

त्यसैगरी हातहतियार खरखजना मुद्दामा २ महिना २९ दिन कैद सजाय, ६ हजार जरिबाना ठहर भएका गोदावरी नगरपालिका-१० बस्ने २७ वर्षका प्रदेश चौधरी, वन मुद्दामा २० हजार जरिबाना ठहर भएका धनगढी-२ बस्ने ६५ वर्षका लालबहादुर साँउद र चेक अनादर मुद्दामा ४०० रुपैयाँ जरिबाना ठहर भएका धनगढी-९ बस्ने ३४ वर्षका दुर्गाबहादुर कार्की पक्राउ परेका छन् ।

citizen security services

उनीहरुलाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.