कञ्चनपुरका दुई घरमा आगलागी, बच्चाहरु खेलिरहेका थिए आगो

अत्तरिया- कञ्चनपुरका दुई घरमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका-४ बैवाहका जैशी बुढाको घरमा आगलागी भएको हो ।

maya metro hospital

बिहीवार साँझ बुढाको घर नजिक बच्चाहरु प्लास्टिक जलाई आगो खेलिरहेको अवस्थामा एक्कासी हावाहुरीले आगो उडाउँदा दुई तले चार कोठे खरले छाएको घर र सँगै टाँसिएको टिनले छाएको दुई तले दुई कोठे घरमा आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट घरसहित घरभित्र रहेका नगद, सुन, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, नागरिकता, लालपुर्जा, काठ लगायतका सामानहरु गरी अन्दाजी ७ लाख २२ हजार २५० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

प्रहरीका अनुसार मानवीय तथा चौपाया क्षति भने भएको छैन । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.