धनगढीमा सुत्ने कोठाबाट लागूऔषध बरामद, ६ जना पक्राउ

अत्तरिया – कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका – ४ उत्तरबेहडीका १८ वर्षीय विकाश नेपालीको घरबाट लागूऔषध बरामद गरिएको हो ।

maya metro hospital

गोप्य सूचनाको आधारमा प्रहरीले उनी सुत्ने कोठामा चेकजाँच गर्दा ३ ग्राम ८२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद गरिएको जनाएका छ ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा नेपाली सँगै बिक्रिबितरण र सेवनमा संलग्न भएको आशंकामा सोधपुछको लागि ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

attariya hospital

पक्राउ पर्नेमा धनगढी उपमहानगरपलिका – ३ चटकपुरका १९ वर्षीय प्रबिण खड्का, २१ वर्षीइ लक्ष्मी प्रशाद जोशी, धनगढी उपमहानगरपलिका – २ का २३ वर्षीय चेतन पनेरु, धनगढी उपमहानगरपलिका – ४ का पारस खड्का र डोटीको जोरायल गाउँपालिका – १ का २२ वर्षीय बिक्रम पातली रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.