कैलालीमा एक घर र कुखुरा खोरमा आगलागी

अत्तरिया- कैलालीमा एक घर र कुखुरा खोरमा आगलागी भएको छ । हिजो साँझ बर्दगोरिया गाउँपालिका-३ खैरेनी बस्ने ठेउके दमाईको काठले बनेको र टायलले छाएको २ तले, ४ कोठे कच्चि घर र सोही आगोबाट रवि जनालाको नजिकै रहेको कुखुराको खोरको छानामा आगलागी भएको हो ।

maya metro hospital

आगलागीबाट २ लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.