तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज सँग पराजित

तेस्रो टी–२० खेलमा नेपाल वेस्टइन्डिज ए संग पराजित भएको छ ।

maya metro hospital

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले व्याटिङ गरेको वेस्टइन्डिज ए ले २० ओभरको खेलमा ३ बिकेट गुमाउँदै नेपाललाई २२८ रनको लक्ष्य दिएको थियो ।

जवाफि ब्याटिङमा नेपालले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १५१ रन मात्रै बनाउन सक्यो ।

attariya hospital

नेपालका लाेकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनाेद भण्डारीले १९, अनिल साहले १४ रन बनाए । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । वेस्ट इन्डिज ‘ए’ का हेडन वाल्शले ३, गुदाकेश माेटीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायाे । वेस्ट इन्डिज ‘ए’ का ओपनर ब्याटर जाेनसन चार्ल्सले शतक बनाए । चार्ल्स ५९ बलमा १ सय १९ रन बनाएर नट आउट रहे । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए ।

याेसँगै पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ ले २–१ ले अग्रता लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.