कैलालीमा ३ लाख बढीको अवैध सामान बरामद

अत्तरिया- कैलालीमा ३ लाख बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ३ लाख २१ हजार ९७५ मूल्यको सामान बरामद गरिएको हो ।

Karma Consultancy
belauri nagarpalika

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक, धनगढी-४ बसपार्क, धनगढी-६ जाली र भजनी नगरपालिका-३ काँढा पुलबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका उक्त मूल्यको प्याज, चिनी, सुटपिस, सुर्ती, सुपारी, दुध पाउडर, गम्छा, ब्लाउजको कपडा, धोती, मोबाइल डिस्प्ले लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

citizen security services

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले ती सामान फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.