काठमाडौँ- सुनको मूल्य तोलामा २७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँ कायम भएको छ ।
