कैलालीको एक घरमा आगलागी

अत्तरिया- कैलालीको एक घरमा आगलागी भएको छ । मोहन्याल गाउँपालिका-६ बस्ने मानबहादुर डोलीको दुई कोठे कच्ची घरमा मंगलवार आगलागी भएको हो ।

maya metro hospital

घरमा अचानक आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायतका सामानहरु गरी अन्दाजी १ लाख ८० हजार रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको र मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.