टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

काठमाडौं – भारतले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । मंगलबार भारतीय क्रिकेट चयनकर्ताले विश्वकपका लागि टोली घोषणा गरेका हुन् । टोलीमा ऋषभ पन्तले पुनरागमन गरेका छन् ।

maya metro hospital

साथै, शिवम दुबे र विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले पनि टोलीमा स्थान पाएका छन् । स्पिनर युजवेन्द्र चहल टोलीमा फर्किएका छन् ।

टीम इन्डिया–

attariya hospital

रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, मोहम्मद सिराज र जसप्रित बुमराह ।

यसबाहेक युवा ब्याटर शुभमन गिल, रिंकु सिंह, के अहमद, खलील अहमद र आवेश खानलाई रिजर्भमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.