बाजुराको बुढीनन्दामा घरमै सामाजिक सुरक्षा भत्ता

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिकामा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखाको सहकार्यमा बुढीनन्दा-४ को कुरुक्षेत्रका ज्येष्ठ नागरिकलाई घरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष जुल्फे रोकायाले बताए ।

maya metro hospital

बैङ्कको कोल्टी शाखादेखि कुरुक्षेत्र एक दिन पैदल यात्राको दुरीमा पर्दछ भने ज्येष्ठ नागरिकलाई आउनजान दुई दिन लाग्ने गर्छ । बैङ्कले वडा नं ७, ८, ९ र १० मा पनि घरमै पुगेर भत्ता वितरण गर्ने गरेको नगर प्रवक्ता जङ्गवीर रोकायाले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.