कञ्चनपुरमा झण्डै साढे ७ लाखको अवैध सामान फेला

अत्तरिया- कञ्चनपुरमा झण्डै साढे ७ लाखको अवैध सामान फेला परेको छ । मंगलबार प्रहरीले अन्दाजी ७ लाख ३२ हजार मूल्यको अवैध सामान फेला पारेको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय र मातहत वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले अन्दाजी मूल्य ५ लाख ९० हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले अन्दाजी १ लाख ३८ हजार मूल्य र इप्रका दोधाराबाट खटिएको टोलीले अन्दाजी ४ हजार मूल्यको गरी ७ लाख ३२ हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान फेला पारेको बताएको छ ।

उक्त मूल्यको मोटरसाइकल एक थान, टिसर्ट, हाप कट्टु, लेडिज सुट, कोरा कपडा, किटनाषक औषधी, चिनी, पेय पदार्थ फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.