मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते, २ सुदूरपश्चिमका

पोखरा- मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीको घुम्तीमा काठमाडौँबाट विद्यार्थी लिएर गएको प्रदेश नं. ३–०१००६ ख ६२२ नम्बरको गाडी दुर्घटना भएको हो ।

maya metro hospital

अनामनगरको लिवरटी कलेजबाट ३३ जना विद्यार्थी लिएर गएको सो गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते २१ जनाको जोमसोम अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घाइतेहरूमा कैलाली गोदावरी १० बस्ने वर्ष २१ का ध्रुवराज जोशी, डोटी शिखर ८ बस्ने २१ वर्षका रोहित बलायर, सिराहा लहान १२ का २० वर्षीय आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमी ३ बस्ने वर्ष २० का अनुज न्यौपाने, सिराहा गोलबजार ६ बस्ने वर्ष २१ कि ज्योति कुमारी साह, गुल्मी रुरु ५ बस्ने वर्ष २१ कि समीक्षा ज्ञवाली, काठमाडौँ कीर्तिपुर ८ बस्ने वर्ष २० कि प्रतिक्षा खड्का छन् ।

attariya hospital

यस्तै, ओखलढुंगा घर भई भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० की बिन्दा दाहाल, काठमाडौँ ९ एयरपोर्ट बस्ने १९ वर्षकी अनामिका थापा, भोजपुर ९ बस्ने वर्ष २० का पेसल बस्नेत, महोत्तरी जलेश्चर १ बस्ने वर्ष २२ कि रम्मा कुमारी, पाँचथर कुम्भायोग १ बस्ने वर्ष २३ को आदेश लावती, सुनसरी हरहरी ८ बस्ने २२ वर्षका निशान रसाइली, बटेश्वर २ बस्ने वर्ष २४ का सुरज कुमार परियार, बर्दिया मधुवन ६ का २० वर्षीय सुवास नेपाल पनि घाइते छन् ।

काभ्रे तेमाल ६ बस्ने २१ वर्षका सौगात त्रिपाठी, सर्लाही कौदेना १ बस्ने वर्ष २० को राहुल साह, काठमाडौँका साईरस तामाङ, सुर्यबिनायककी अनामितका सुवार, जनकपुर ११ का दीपक कुमार निधी र हरिवन ४ का २२ वर्षीय निरञ्जन साह पनि घाइते रहेका मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.