कञ्चनपुरमा हुरीले चुलोबाट आगो सल्केर घर र गोठमा आगलागी

अत्तरिया- कञ्चनपुरमा हावाहुरीले चुलोबाट आगो सल्केर घर र गोठमा आगलागी भएको छ । भीमदत्त नगरपालिका-१३ का नन्दराज जोशीको गाईगोठ नजिक चुलोमा बालेको आगोबाट हावाहुरीले गाईगोठ र घरमा आगलागी भएको हो ।

maya metro hospital

सोमवार भएको आगलागीबाट घरभित्र रहेका खाद्यान्न, कपि किताब, लत्ताकपडा, खटिया लगायतका सामानहरु गरी अन्दाजी २ लाख ९० हजार रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.