धनगढीमा गहुँको नलमा लगाएको आगोबाट गोठमा आगलागी

अत्तरिया- धनगढीमा गहुँको नलमा लगाएको आगोबाट गोठमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-१९ बस्ने बुधराम डगौराको १ तले खरले छाएको कच्ची गोठमा सोमवार आगलागी भएको हो ।

maya metro hospital

प्रहरीका अनुसार सोही ठाउँका नारायणदत्त रानाभाटले खेतमा गहुँको नलमा लगाएको आगोबाट आगलागी हुँदा गोठ र भित्र रहेको युरिया मल, खाद्यान्न, बोरिङ पाइप लगायतका सामान गरी अन्दाजी ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.