काठमाडौँ- बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार रुपैयाँ रहेको सुन आज १ लाख ३५ हजार ८ सय कायम भएको हो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेर १ हजार ६५५ कायम भएको महासंघले जनाएको छ ।