गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पोखरा- गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनामार्फत  जानकारी दिएको हो ।

maya metro hospital

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.