धनगढीमा टिप्परले जिपलाई ठक्कर दिँदा चालक घाइते

धनगढी – कैलालीको धनगढीमा टिप्परले जिपलाई ठक्कर दिँदा जिप चालक घाइते भएका छन । शुक्रवार राति धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी चोकमा बा २ झ ३८९९ नम्बरको जिपलाई से १ प ९८५ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको थियो ।

maya metro hospital

टिप्परको ठक्करबाट जिप चालक धनगढी–४ कै ४७ वर्षीय अमर बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.