अत्तरिया – कैलाली र डडेल्धुराबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन । शुक्रबार प्रहरीले कैलालीबाट २ जना र डडेल्धुराबाट एक जना फरार प्रतिवादी पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा ठगी मुद्दामा १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका – २ का २६ वर्षिय पारस मल्ल र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका – ९ का ४२ वर्षिय शुशिल चौधरी रहेका छन ।
त्यस्तै जिल्ला अदालत डडेल्धुराले चोरी मुद्धामा ३३ हजार जरिवाना ठहर भई फरार रहेका अमरगढी नगरपालिका – ७ पोखरा बस्ने २८ वर्षिय तेज कैनीलाई पनि पक्राउ गरेको छ । उनलाई शुक्रबार प्रहरी चौकी पोखरा डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।