काठमाडौँ- वर्ष २०८० को अन्तिम दिन शुक्रवार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख ३९ हजार पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेर एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।