कञ्चनपुरका एक फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

अत्तरिया- कञ्चनपुरका एक फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-६ ऐठपुरका ३० वर्षीय महेश चौधरी बिहीबार पक्राउ परेका हुन् ।

maya metro hospital

प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरको २०६५ माघ २१ गतेको फैसलाले उनलाई चोरी मुद्दामा १४ दिन कैद सजाय र ४१ हजार ७५ रुपैयाँ जरिबाना सुनाएको थियो । चौधरीलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.