बैतडीमा सार्वजनिक स्थानमा धुम्रपान गर्ने १० जनालाई कारबाही

बैतडी- बैतडीमा सार्वजनिक स्थानमा धुम्रपान गर्ने १० जनालाई कारबाही गरिएको छ । फागुन ११ देखि चैत्र २९ गतेसम्ममा सार्वजनिक स्थानमा धुम्रपान गर्ने १० जनालाई कारबाही गरिएको हो ।

maya metro hospital

कारबाहीमा परेकाहरुबाट जनही एक सय रुपैयाँ जरिबाना समेत असुल गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतका सरोकारवाला निकायको बैठकले जिल्लाका सार्वजनिक स्थानमा धुम्रपान निषेधका लागि निर्णय गरेको थियो ।

माघ २६ बाट प्रचारप्रसार अभियान थालेको प्रहरीले फागुन ११ गतेबाट अनुगमन गरेर कारबाही थालेको हो । प्रहरीले सार्वजनिक स्थानमा धुम्रपान गरेको देखे प्रचलित कानुनबमोजिम कारबाही गरिरहेको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.