बाजुरा – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। केही समययता बाजुरामा भूकम्प गइरहेको छ।
