कैलालीमा आगलागी हुुँदा ४ लाखको क्षति

धनगढी – कैलालीमा आगलागी हुँदा ४ लाखको क्षति भएको छ। लम्कीचुहा नगरपालिका ३ व्यवस्थितनगर बस्ने केशरबहादुर बिकको गोठमा बिहीबार आगलागी हुँदा गोठका साथै गोठमा रहेका धान भएको भकारी, काठपात, गोरुगाडा, पराल, साईकल लगायतका सामान गरि ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।

maya metro hospital

आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.