एसीसी प्रिमियर कप आजदेखि, नेपालले मलेसियाको सामना गर्दै

ओमानमा आजदेखि एसिसी प्रिमियर कप सुरु हुने भएको छ। साविक विजेता नेपाली टिमलाई उपाधि रक्षा गर्दै टी–ट्वेन्टी आई एसिया कपमा स्थान बनाउनु पर्ने चुनौती छ। आज पहिलो खेल मलेसियासँग खेल्नेछ। खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे ओमानको टर्फ मैदान हुनेछ।

Karma Consultancy

नेपालले वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। टी–ट्वेन्टी विश्वकपको तयारीका लागि नियमित अभ्यास गरिरहेको नेपाल एसीसी प्रिमियर कपको सशक्त दाबेदार हो।

citizen security services
belauri nagarpalika

अघिल्लो वर्ष घरेलु मैदानमै भएको एसीसी प्रिमियर कप जितेर पहिलोपटक एसिया कप खेलेको नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गरेको थियो।

attariya hospital

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाँडिएको छ। नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन्।

यो समूहमा हङकङले नेपाललाई केही चुनौती प्रस्तुत गर्न सक्छ। समूह ‘बी’मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई छन्। साउदी अरब र कम्बोडिया च्यालेन्जर्स कपको शीर्ष दुईमा रहँदै प्रिमियर कपका लागि छनोट भएका हुन्।

आजै ओमान र बहराइन तथा युएई र कुवेत भिड्नेछन्। हङकङ र कतारबीचको खेल पनि आजै हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–ट्वेन्टी एसिया कपमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.