सहकारीद्वारा दुई जनाको ऋण मिनाह

धनगढी – किसान बहुउद्देश्यीय सहकारी संस्थाले दुई जना सेयर सदस्यको ऋण मिनाह गरेको छ । सहकारीको फूलवारी शाखाले धनगढी–१८का दुई जना सेयर सदस्यको ऋण मिनाह गरेको हो ।

maya metro hospital

सेयर सदस्य धनगढी –१८ की सरिता पौडेल क्षेत्री र अम्भी कमेनीका श्रीमानको मृत्यु भएपछि उनीहरुको ऋण मिनाह गरेको सहकारीले जनाएको छ । सहकारीले कमेनीको दुई लाख नौ हजार एक सय ७८ र क्षेत्रीको २३ हजार ऋण मिनाह गरेको हो ।

citizen security services

ऋणी वा ऋणीका अविभावकको मृत्यु भएमा सहकारीले ऋण मिनाह गर्दै आएको सहकारीकी फूलवारी शाखा प्रमुख दिलमाया थापाले जानकारी दिईन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.