बैतडी- बैतडीका ४ महिलालाई ड्राइभिङ तालिम दिइएको छ । सुर्नया गाउँपालिका खगेश्वरी भट्ट, मानमती भट्ट, हिमा खत्री र सिगास गाउँपालिकाका मञ्जु धामीले ड्राइभिङ तालिम पाएका हुन् ।


तालिम फागुन २८ गते सुरु भएर बिहीबार सम्पन्न भएको छ । ‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल उद्देश्यका साथ सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल बैतडीको आयोजना र डडेल्धुराको उग्रतारा ड्राइभिङ ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा उनीहरुलाई तालिम दिइएको थियो ।

ड्राइभिङ सेन्टरका प्रवन्ध निर्देशक तेजबहादुर ऐरले एक महिनामा ड्राइभिङ तालिम दिएर चारै जनालाई जिप चलाउनका लागि योग्य बनाएको बताएका छन् ।
