काठमाडौँ- रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा गोरेटो बाटो खन्ने क्रममा ढुङ्गा एक आपसमा ठोक्किएर वनमा आगलागी भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार हिजो दिउँसो रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एक आपसमा ठोक्किँदा आगलागी भएको हो ।

आगलागीमा परेर बाटो खनिरहेका ६ जना घाइते भएका र उनीहरुलाई सदरमुकाम रुकुमकोट पुर्याएर उपचार थालिएको बताइएको छ ।
