कैलालीमा गोरु गाडामा ल्याउँदै गरेको अवैध काठ बरामद

belauri nagarpalika

अत्तरिया- कैलालीमा गोरु गाडामा ल्याउँदै गरेको अवस्थामा अवैध काठ बरामद गरिएको छ । जिल्लाको कैलारी गाउँपालिका-५ सडकपुरमा गोरु गाडामा ल्याउँदै गरेको अवस्थामा सालको गोलिया (५८.०३ क्युफिट) १ थान बरामद गरिएको हो ।

Karma Consultancy

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको गस्ती टोलीले अवैध काठसहित गोरु गाडालाई आज बिहान नियन्त्रणमा लिएको बताएको छ । बरामद काठसहित गोरु गाडालाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय वसन्ताको जिम्मा लगाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.