खाेज्नुहाेस

कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

Image
सांकेतिक फोटो

अत्तरिया- कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका-१२ बसन्तपुर बस्ने अन्दाजी ६० वर्षीया अहिलादेवी विष्टको बिहीवार बिहान मृत्यु भएको हो ।

navjiwan hospital

प्रहरीका अनुसार उनी हिजो बुधवार दिउँसो आफ्नै घर नजिकको कुसुमको रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

attariya hospital

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।