मालाखेतीमा नरेन्द्र–कृष्ण स्मृति भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता हुने

अत्तरिया – कैलालीको मालाखेतीमा दोस्रो नरेन्द्र–कृष्ण स्मृति भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता हुने भएको छ । गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको माउन्ट एभरेस्ट क्लबको आयोजनामा वैशाख ५ गते देखि भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता हुन लागेको हो ।

maya metro hospital

बुधवार प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष दिपक भट्टराईले नयाँ वर्षको उपलक्षमा प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगितामा २५ वटा टिमको सहभागिता रहने बताए ।

citizen security services

क्लबका सचिव आशिष् भट्टराईले प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार १११ र द्धितिय हुनेले १५ हजार १११ रुपैयाँ पुरस्कार पाउने बताए । उनले प्रतियोगितामा सहभागिताका लागि ३२ वर्ष उमेर पुगेको हुनुपर्ने बताए । प्रतियोगितामा टिम इन्ट्रि फी २ हजार तोकिएको आयोजकले जनाएको छ ।

attariya hospital

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा गोदावरी नगरपालिका रहेको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.