धनगढी उपमहानगरको टिप्परले ठक्कर दिँदा एक जना घाइते

धनगढी- धनगढी उपमहानगरको टिप्परले ठक्कर दिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा गौरीगंगा नगरपालिका–१ का ४७ वर्षीय बाबुराम चौधरी रहेका छन् ।

Karma Consultancy

साइकलमा सवार चौधरीलाई धनगढी उपमहानगरपालिकाको से १ ग ६५ नम्बरको टिप्परले धनगढी–४ उत्तरबेहडीमा ठक्कर दिएको हो ।

citizen security services

घाइते चौधरीको केजी अस्पतालमा उपचार भइरहेको र टिप्परसहित चालक सुरेन्द्र रावललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक तपेन्द्र सिँह बोहराले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.