काठमाडौँ- आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार आठ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।