दशौँ संस्करणको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

धनगढी- दशौँ संस्करणको धनगढी हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने दशौँ संस्करणको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

maya metro hospital

धनगढी जेसिजले नयाँ वर्षको अवसरमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ । आगामी वैशाख १ गते हुने प्रतियोगिताको विजेताले नगद ६६,६६६ उपविजेताले नगद ४४,४४४ र तेस्रो हुनेले नगद ३३,३३३ प्राप्त गर्ने आयोकले जनाएको छ । विजेता पुरस्कार धनगढीको निसर्ग हस्पिटल, उपविजेता पुरस्कार कैलाली उद्योग वाणिज्य संघ र तेस्रो पुरस्कार माया मेट्रो हस्पिटलले प्रायोजन गरेको छ।

हाफ म्याराथन धनगढी रंगशालाबाट सुरु भएर सहिद गेट हुँदै गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड भएर पुनः धनगढी रंगशालामा पुगेर समापन हुने धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए । प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिनेछ । दुबै विधाका विजेताले नगद ६,६६६ उपविजेताले नगद ४,४४४ र तेस्रो हुनेले नगद ३,३३३ प्राप्त गर्नेछन् ।

attariya hospital

प्रतियोगिताको मुख्य प्रबर्द्धकमा जेसिज एभरेष्ट स्कुल रहेको छ भने प्रायोजकमा चैतन्य पाठशाला, प्रबर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, सुदूरपश्चिम प्रदेश युवा परिषद, धनगढी उपमहानगरपालिका र नवजीवन को अपरेटिभ्स लिमिटेड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.