बैतडी- बैतडीमा बेपत्ता रहेकी २० वर्षीया रेखा भट्ट मृत भेटिएकी छन् । पुर्चौडी नगरपालिका-४ भटना ओखडानीकी अन्दाजी २० वर्षीया रेखा बुधवार मृत अवस्थामा पाइएकी हुन् ।
पारिवारिक स्रोतका अनुसार उनी यही चैत्र २६ गते दिउँसोबाट बेपत्ता थिइन् । रेखा सोही वडाको रानीवनमा मृत फेला परेकी उक्त वडाका अध्यक्ष दिलबहादुर धानुकले बताए ।
उनको गत वर्ष मात्रै विवाह भएको थियो । रेखाका श्रीमान रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका बताइएको छ । मृत्युको कारण भने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइहेको जनाएको छ ।