काठमाडौँ विश्वकै प्रदूषित सहर

काठमाडौँ- काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौँको हावाको गुणस्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको हो ।

Karma Consultancy

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने वेबसाइट आईक्यू एयरकाअनुसार आज बिहान पौने ९ बजेसम्म नेपालको राजधानी काठमाडौँ वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ ।

citizen security services

आईक्यू एयरकाअनुसार काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई)  २४७ छ । पाकिस्तानको लाहोरको २०७ र भारतको नयाँदिल्लीको २०३ एक्युआई छ ।

attariya hospital

एक्युआई २ सय भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।  १५० सम्मको एक्युआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।

unn.prixa.net

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.