कञ्चनपुरका दलीको घरमा आगलागी, १६ लाखको क्षति

अत्तरिया- कञ्चनपुरको पुनर्वास नगरपालिका-८ ‘क’ गाउँ ढकाल लाइन बस्ने दली थापाको घरमा आगलागी भएको छ । उनको घरमा रहेको विद्युत मिटर बक्समा अचानक तार सर्ट हुन गई मंगलवार आगलागी भएको प्रहरीले बताएको छ ।

maya metro hospital

प्रहरीका अनुसार माटो र इटाले बनेको एक तले ४ कोठे टिनले छाएको उक्त घरमा आगलागी हुँदा घरसहित नगद, खाद्यान्न, लत्ताकपडा, फर्निचर, भाँडावर्तन, सुन, मोबाइल ३ थान लगायतका सामान गरी अन्दाजी १६ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रदेश प्रहरीले बताएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन । आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र यस सम्बन्धमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.