कैलाली र कञ्चनपुरमा साढे ५ लाख बढीको अवैध सामान फेला

अत्तरिया- प्रहरीले कैलाली र कञ्चनपुरमा साढे ५ लाख बढीको अवैध सामान फेला पारेको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट ५ लाख ६२ हजार ७ सय ३० मूल्य बराबरको अवैध सामान फेला पारेको हो ।

Karma Consultancy

कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक, धनगढी-४ बसपार्क, धनगढी-१९ फूलबारी, कैलारी गाउँपालिका-४ हनुमान मन्दिर नजिक, कैलारी-७ सरदारघाट, भजनी नगरपालिका-३ ढुसी, जवलपुर, बर्दवाफाँटा, टीकापुर नगरपालिका-७ कालिमाट़ीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४ लाख ४५ हजार ८५० मूल्को चिनी, मोबाइलका सामान, सुर्ती, चप्पल, माछा, ब्रोइलर कुखुरा, पानीपुरी लगायतका सामान मंगलवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।

citizen security services

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-११ चौकीसत्ता र पुनर्वास नगरपालिका-११ टाउके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख १६ हजार ८८० मूल्यको तेल, सुर्ती, मिश्री, चिनी, जिरा, मसला, दाल लगायत हार्डवेयरका सामानहरु मंगलवार नै प्रहरी गस्ती टोलीले फेला पारी . नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.