धनगढी – प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला एकल कातामा सुदूरपश्चिमकी वर्षा साउदको स्वर्ण पदक जितेकी छिन । प्रदेश खेलकुद परीसद बागमतीले आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा उनले स्वर्ण पदक जितेकी हुन ।

यस्तै महिला टिम काता तर्फ वर्षा साउद, देवी चौधरी र तपस्या चन्दले कास्य पदक जित्न सफल भएका छन् ।

पुरुष एकल कातामा सुदूरपश्चिमका धर्मन्द्र ऐमीले कास्य पदक र आशिष धामीले ८४ केजी तौल समूहमा कास्य पदक जितेका छन् । यस्तै यस्तै महिला ५० केजीमा रीया पुजाराले कास्य पदक जितेकी छन् ।

फागुन २४ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ प्रदेशका खेलाडीको सहभागिता रहेको छ । जसमा ९ विधामा खेल भइरहेका छन ।