धनगढीबाट ३ फरार प्रतिवादी पक्राउ 

अत्तरिया- कैलालीको धनगढीबाट ३ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका ३ जना सोमवार पक्राउ परेका हुन् ।
maya metro hospital
पक्राउ पर्नेमा लागुऔषध मुद्दामा ५ हजार रुपैयाँ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१० बस्ने रोहित राना, विदेशी विनिमय अपचलन मुद्दामा २ लाख १८७ रुपैयाँ जरिवाना ठहर भएका धनगढी-१ बस्ने रामबहादुर थापा र ठगी मुद्दामा १० हजार रुपैयाँ  जरिवाना ठहर भएका धनगढी-६ बस्ने वीरेन्द्र सिंह रहेका प्रहरीले बताएको छ ।
attariya hospital
उनीहरुलाई फैसला कार्यान्वयनको लागि अदालत पेश गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.