नैतितालमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु

भारतको उत्तराखण्डस्थित नैनितालमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । टाइम्स अफ इण्डियाका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो ।
दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो ।

maya metro hospital

उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेको थियो । मृतक सात जना महेन्द्रनगर* का रहेको टाइम्स अफ इण्डियाले समाचारमा उल्लेख गरेको छ । दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन् ।

आउटलुक इण्डियाका अनुसार बेतालघाटको उचकोट गाउँमा मृतकहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे । काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए ।

attariya hospital

मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् ।

अपडेट : नैनितालमा गाडी दुर्घटना हुँदा मुत्यु भएका ७ नेपाली बर्दियाका

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.