धनगढी – कैलालीको धनगढीबाट १० जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–११ घोडसुवामा रामशरण रानाले संचालन गरेको ग्रिन पिस कटेजबाट जुवातास खेलिरहेको अवस्थामा संचालकसहित १० जना पक्राउ परेका हुन ।

सोमबार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरुको ५८ हजार १९० र ३ गड्डी तास समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
