गोदावरी – १० मा आयोजित होजियारी तालिम सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० मा सञ्चालित होजियारी तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका को आयोजनामा यही फागुन १० गतेदेखी सुरु भएको उक्त तालिम एक कार्यक्रमका बिच सोमबार सम्पन्न भएको हो ।

maya metro hospital

वडाध्यक्ष रविन्द्र शाही गुड्डुको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया रहेकी थिईन । ‘सुखी नेपाली समृद्ध नेपाल, उद्यम नै जिउने बलियो आधार’ भन्ने मुल नाराका साथ आयोजित तालिमले वडामा स्वरोजगारको सृजना गर्न मद्दत मिल्ने अपेक्षा लिईएको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार ४५ दिने होजियारी तालिम आयोजना गरिएको थियो ।

citizen security services

उक्त वडामा नयाँ उद्यमीहरु उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न तालिमहरु आयोजना गरिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता नरेश साउँदले जानकारी दिए । उनले वडामा १ महिने झोला बनाउने तालिम र अचार बनाउने तालिम पनि सञ्चालन गरिएको बताए ।
होजियारी तालिममा १४ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकका रुपमा ईन्द्रा चौधरी रहेकी थिईन ।

attariya hospital

उक्त तालिमहरु नगरपालिकाद्धारा सञ्चालीत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत आयोजना गरिएको बताईएको छ । तालिममा सहभागीहरुले सिकेको सिपलाई सही ठाउँमा सदुपयोग गर्ने बताएका थिए । उनिहरुले तालिमबाट सिप सिकेर त्यसलाई व्यवहारमा उतारेर स्वरोजगार बन्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.