सुनको मूल्य १ लाख ३६ हजार नाघ्यो

काठमाडौँ- सुनको मूल्य सोमवार पनि ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ३६ हजार नाघेको छ । आज सुन तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको हो । जुन अहिलेसम्मकै धेरै हो ।

maya metro hospital

चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर तोलाको एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ । पछिल्ला दिनहरुमा दैनिकजसो सुनको मूल्य बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

रुस र युक्रेनबीचको युद्ध, अमेरिकी डलरको मूल्य मजबुत, अमेरिकाको ऋणको आकार बढ्नुलगायका कारण सुनको भाउ बढ्दै गएको व्यवसायीहरुको भनाइ छ । सुनचाँदी व्यवसायीहरुका अनुसार रुस–युक्रेन युद्धका कारण विश्वका व्यवसायी अरु क्षेत्रमा लगानी छोडेर सुन खरिदमा लागेपछि विश्व बजारमा मूल्य बढेको हो ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.