कञ्चनपुरमा ३ लाख ६२ हजार बढीको अवैध सामान बरामद

अत्तरिया- कञ्चनपुरमा प्रहरीले ३ लाख ६२ हजार बढीको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ३ लाख ६२ हजार ६१२ मूल्यको अवैध सामान बरामद गरेको हो ।

maya metro hospital

भीमदत्त नगरपालिका-२ भाँसी, वडा नम्बर ४ बसपार्क, शिव मन्दिर, वडा नम्बर ५ सुकासाल, वडा नम्बर ९ ब्रह्मदेव दशगजा, भीमदत्त-१० विद्युत कार्यालय नजिक, भीमदत्त-११ चौकीसत्ता, भीमदत्त-१७, बेलौरी नगरपालिका-१ बैशाखीबाट र पुनर्वास नगरपालिका-१० विकास बस्तीबाट अवैध रुपमा भारतबाट ल्याएका समान बरामद गरिएको प्रहरीले बताएको छ ।

citizen security services

प्याज, चिनी, मिश्री, दाल, साबुन, बिडी, सुर्ती, चक्लेट, खानेतेल, पानीपुरी, पेय पदार्थ, बच्चाको खेलौना, अचार, दाल, फलफूल, पंखाको चक्का, पंखाको पाता, ब्लाउज, सानो गल्बन्दी, सुट कपडा, माछा लगायतका सामानहरु आइतवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.