धनगढी- धनगढीमा झण्डै साढे ६ लाखको ‘भाइब्रेट’ कण्डमसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट अवैध १४ कार्टुन भाइब्रेट कण्डमसहित २५ वर्षीय पंकज चन्द पक्राउ परेका हुन् ।
चन्दलाई शनिवार पक्राउ गरी आइतबार कण्डमसहित कारबाहीका लागि राजस्व कार्यालय कोहलपुरको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराले बताए ।
चन्दले सुत्ने कोठामा लुकाइ राखेको अवस्थामा कण्डम बरामद गरिएको प्रहरीले बताएको छ ।