गोदावरीको चुट्की बजारमा अटोमा अवैध सामान भेटियो, कृष्णपुरका पुरुष पक्राउ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-३ चुट्की बजारबाट झण्डै साढे ३ लाखको अवैध सामान बरामद गरिएको छ । अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ३ लाख ३८ हजार मूल्यको मोबाइलका विभिन्न कम्पनीको टेम्पर ग्लास लगायतका सामान बरामद गरिएको हो ।

maya metro hospital

प्रदेश प्रहरीले से १ ह २१३० नम्बरको अटोमा अवैध सामान भेटिएपछि चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ बस्ने ४० वर्षीय रामसिंह ऐरीलाई अटोसहित प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको बताएको छ ।

सामान र अटोसहित ऐरीलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.